दाङमा आजदेखि सार्वजनिक विद्युतीय गाडी सञ्चालनमा
3 years अगाडी
manoj Thapa
दाङ – दाङमा आज शुक्रवारदेखि पहिलो पटक सार्वजनिक विद्युतीय गाडी सञ्चालनमा आएको छ । त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालि दाङले विद्युतीय गाडी सञ्चालनमा ल्याएको अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो ।
पहिलो चरणमा गाडी दाङको तुलसीपुरबाट बाँकेको नेपालगञ्जसम्म चल्नेछ । अहिले एउटा गाडीले मात्रै सेवा दिने र समयपछि अन्य गाडी थप गर्ने तयारी रहेको हमालको भनाइ छ ।
१३ जना यात्रु क्षमता भएको गाडीकाे भाडा पाँच सय रुपैयाँ तय गरिएको छ । याे गाडी तुलसीपुरबाट बिहान ९ बजेर ५० मिनेटमा नेपालगञ्जका लागि छुट्ने र दिउँसाे ३ बजे नेपालगञ्जबाट फर्किनेछ ।
इन्धन विदेशबाट आउने तर विद्युत् आफ्नै देशमा उत्पादन हुने भएकाले नेपाली पैसा नेपालमै सदुपयोग हुने भएकाले यस्तो गाडी भित्र्याएको गाडी धनी विमल पाैडेलले बताउनुभयो । उज्यालो
March 24, 2023 8:57 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
Loading...