स्पेनको भ्यालेन्सिया क्षेत्रमा भीषण आगलागी, ३ हजार हेक्टर क्षेत्रफल जङ्गल नष्ट
स्पेनको भ्यालेन्सिया क्षेत्रमा भीषण आगलागी भइरहेको छ । हिजो शनिवारदेखि विशाल जङ्गलमा सुरु भएको आगलागीले अहिलेसम्म तीन हजार हेक्टर क्षेत्रफल जलेर ध्वस्त भएको छ ।
जङ्गल वरपरका एक हजार पाँच सय जना नागरिकलाई सुरक्षित स्थानमा सारिएको समाचार संस्था रोयटर्सले जनाएको छ । दर्जनाैँ दमकलसहित सात सय जना आगलागी नियन्त्रक खटिए पनि आगो निभेको छैन । चर्को खडेरी र तीव्र गतिको हावाका कारण आगो निभाउन कठिन भइरहेको आगलागी नियन्त्रणमा संलग्न अधिकारीलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।
अहिलेको आगलागीले गइकार्त वर्षको भीषण आगलागीको झल्को दिएको छ । गएको वर्ष स्पेनमा चार सय ९३ वटा आगलागीका कारण तीन लाख सात हजार हेक्टर क्षेत्र जलेको थियो । यस्तै युरोपमा गएकाे वर्ष आगलागीले सात लाख ८५ हजार हेक्टर क्षेत्रफलमा रहेको जङ्गल ध्वस्त भएको थियो । आगलागीबाट हुने १६ वर्षमा क्षति पोहोर एकै वर्ष भएको थियो ।
स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले आगलागी निकै डरलाग्दो भएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण आइलागेका यस्ता विपत्तिले देशलाई ठूलो क्षति गरेको बताउनुभएको छ । उज्यालो
March 26, 2023 8:11 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :