स्पेनको भ्यालेन्सिया क्षेत्रमा भीषण आगलागी, ३ हजार हेक्टर क्षेत्रफल जङ्गल नष्ट
स्पेनको भ्यालेन्सिया क्षेत्रमा भीषण आगलागी भइरहेको छ । हिजो शनिवारदेखि विशाल जङ्गलमा सुरु भएको आगलागीले अहिलेसम्म तीन हजार हेक्टर क्षेत्रफल जलेर ध्वस्त भएको छ ।
जङ्गल वरपरका एक हजार पाँच सय जना नागरिकलाई सुरक्षित स्थानमा सारिएको समाचार संस्था रोयटर्सले जनाएको छ । दर्जनाैँ दमकलसहित सात सय जना आगलागी नियन्त्रक खटिए पनि आगो निभेको छैन । चर्को खडेरी र तीव्र गतिको हावाका कारण आगो निभाउन कठिन भइरहेको आगलागी नियन्त्रणमा संलग्न अधिकारीलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।
अहिलेको आगलागीले गइकार्त वर्षको भीषण आगलागीको झल्को दिएको छ । गएको वर्ष स्पेनमा चार सय ९३ वटा आगलागीका कारण तीन लाख सात हजार हेक्टर क्षेत्र जलेको थियो । यस्तै युरोपमा गएकाे वर्ष आगलागीले सात लाख ८५ हजार हेक्टर क्षेत्रफलमा रहेको जङ्गल ध्वस्त भएको थियो । आगलागीबाट हुने १६ वर्षमा क्षति पोहोर एकै वर्ष भएको थियो ।
स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले आगलागी निकै डरलाग्दो भएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण आइलागेका यस्ता विपत्तिले देशलाई ठूलो क्षति गरेको बताउनुभएको छ । उज्यालो
March 26, 2023 8:11 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता