काेशी नामकरण विवाद : प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा २० जना घाइते
काठमाण्डाै – कोशी प्रदेशको नामाकरण भएको विरोधमा आन्दोलन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच विराटनगरमा झडप हुँदा २० जनाभन्दा धेरै घाइते भएका छन् । प्रहरीका अनुसार प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा र इँटाले लागेर १५ जना सुरक्षाकर्मी घाइते भएका छन्
। कोशी प्रदेश नामाकरणको विरोधमा भइरहेको प्रदर्शनमा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा हान्न थालेपछि प्रहरीले लाठी चार्जसँगै केही राउन्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । झडपका क्रममा भिडलाई तितरवितर बनाउन ४४ सेल अश्रु ग्यास र १७ राउन्ड हवाइफायर गर्नुपरेको प्रहरीले जनाएको छ ।
प्रदर्शन र कोणसभा सकेर प्रदर्शनकारी फर्किएपछि विराटनगरको अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ । प्रदेश सभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरूले आन्दोलन गरिरहेका छन् । केही दिनअघि आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा ज्यान गएपछि आन्दोलन झन् चर्किएको छ । उज्यालो
March 28, 2023 8:39 pm | राजनीति,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना