नेपाली नाटक ‘इम्ब्रियोनिक’ जापानमा मञ्चन हुने
कास्की – पोखराकाे इन्द्रेणी थिएटरको प्रस्तुति रहेको नाटक ‘इम्ब्रियोनिक’ जापानमा मञ्चन हुने भएको छ । आउँदो अप्रिल ८ तारिख शनिवार र ९ तारिख आइतवार बेलुकी जापानको इताबासीमा रहेको सबटेरेनियन थिएटरमा नाटक मञ्चन गरिने इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए ।
गर्ने, खाने, मर्ने यो जीवनको मूल ध्येयलाई भुलेर मानिस आर्जन र सम्पत्ति एकट्ठामा व्यस्त हुँदा मानिसले बाँच्न नजानेको कुरालाई नाटकमा देखाइएकाे पाैडेलले बताए । यो नाटकले मानिसलाई सोच्न बाध्य बनाउने उनको भनाइ छ ।
जीवन बाँच्ने तरिकालाई नाटकले देखाउने नाटकका निर्देशक र अभिनेतासमेत रहेका पौडेलले बताए । नाटकमा पौडेलसँगै, कपिल शर्मा र दीपेन्द्र पौडेलको पनि अभिनय रहेको छ । नाटकमा शिवहरि अर्याल र अर्जुन गुरुङले सङ्गीत दिएका छन् । नाटक उत्पादनमा गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गरेको छ ।
२०२२ मार्च महिनामा इटालीकाे पिसामा आयोजित एक कार्यशालामा इटलीसहित युरोप, अमेरिका, अफ्रिका, एसियाका साहित्य, सङ्गीत, रङ्गमञ्चका सम्पूर्ण कला विधाका कलाकार सहभागी भएका थिए । जहाँ एसियाबाट केदारनाथ पौडेलले सहभागिता जनाएका थिए । कला क्षेत्रमा सबै कलाका विधा प्रयोग गरेर केही नौलो प्रस्तुति जन्माउने समूहको उद्देश्यअनुसार यो नाटक तयार पारेको उनले बताए । त्यही क्रममा अहिलेको पछिल्लो प्रस्तुति ‘इम्ब्रिओनिक’ तयार भएको उनको भनाइ छ ।
यो नाटक २०७९ साउन ६ गते ढिकीडाँडा रिसोर्ट घार्मीमा प्रदर्शन गरिएको थियो । त्यसपछि २०७९ असोज १४ गते पोखरा थिएटरमा भएको पोखरा लिटरेचर फेस्टिभलमा यो नाटक प्रदर्शन गरिएको थियो । त्यसैगरी काठमाण्डाैकाे मण्डला थिएटरमा भएको नेपाल इन्टरनेशनल थिएटर फेस्टिभलमा पनि प्रदर्शन भइसकेको छ ।
इन्द्रेणी थिएटरको स्थापना २०७६ सालमा भएको हो । स्थापनाकालदेखि अहिलेसम्म संस्थाले नाटक तथा साहित्यका अन्य विधाहरूमा विभिन्न काम गर्दै आइरहेको छ । संस्थाले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नाटक, कार्यपत्र, खोज अनुसन्धान, चित्रकला, कविता, गजललगायतको क्षेत्रमा काम गरिरहेको छ । उज्यालो
April 3, 2023 12:02 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री