 
						 
किसान कार्डकाे व्यवस्था गर्नेदेखि मल कारखाना स्थापना गर्नेसम्म
 
 काठमाण्डाै – संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रमसार्वजनिक भएको छ । आज बिहीवार सिंहदरबारमा एक कार्यक्रमका बीच सरकारकी प्रवक्ता रेखा शर्माले सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुभएकाे हाे ।
सरकारकाे प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा कृषिलाई प्राथमिकतामा राखिएकाे छ । ‘कृषिमा अनुदानको व्यवस्था गर्ने । कृषि उत्पादनको क्षेत्रमा आवश्यक मल, उन्नत बिउबिज, प्राविधिक शिक्षा, सिँचाइलगायतका सेवा–सुविधा सहजरूपमा उपलब्ध गराउनका लागि किसान कार्डको व्यवस्था गर्ने । मल कारखाना स्थापना गर्ने । कृषि बीमाको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट हुने बालिनालीको जोखिमलाई न्यूनीकरण गर्ने । किसानलाई योगदानमा आधारित पेन्सन योजना अगाडि बढाउने । कृषि बजार र कृषि उत्पादन खरिदको सुनिश्चिता गर्ने’, सरकारको न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।
सरकारकाे न्यूनतम साझा कार्यक्रममा २० युनिटभन्दा कम बिजुली प्रयोग गर्ने गरिब र विपन्नका लागि विद्युत् महसुल नलाग्ने र पचास युनिटसम्म बिजुली उपभोग गर्ने उपभोक्ताका लागि विद्युत् महसुल घटाउने पनि उल्लेख छ । यस्तै सिँचाइमा प्रयोग हुने विद्युतमा वर्षायाममा ८० प्रतिशत र हिउँदयाममा २० प्रतिशत महसुल छुट दिने जनाइएकाे छ । साथै १० हजार लिटरसम्म पानी उपभोग गर्ने परिवारलाई पानी निःशुल्क उपलब्ध गराउने उल्लेख छ ।
यस्तै सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने, विदेश भ्रमण, नयाँ भवन निर्माण, गाडी खरिद तथा कार्यालय सञ्चालन खर्चमा कटौती गर्ने जनाइएकाे छ । उज्यालो
April 6, 2023 11:04 pm | राजनीति 
प्रतिकृयाहरू :
समाचारहरु:
 
						भर्खरै प्रकाशित
 
			  		कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
 
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
 
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
 
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
 
			  		त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
 
			  		जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
 
			  		भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
 
			  		जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
 
 
