देशभित्रै लगानी गर्ने वातावरण बनाउन सरकारसँग सहकार्य गर्छु : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।
बिहीवार वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठलाई अर्का उम्मेद्वार उमेशलाल श्रेष्ठले समर्थन गरेसँगै उहाँ सर्वसम्मत निर्वाचित हुनुभएको हो । पहिलो चरणमा वरिष्ठ उपाध्यक्षमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत मतभार नकटाएपछि दोस्रो चरणको चुनावकाे तयारी भए पनि सहमतिमा वरिष्ठ उपाध्यक्ष चयन भएको हो ।
सर्वसम्मत चयन भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले निराशामा रहेका उद्योगी व्यवसायीहरूको मुहार हसाउने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले चुनावकाे समयमा देशभरका उद्योगी व्यवसायीहरूमाझ गरेका प्रतिबद्धताहरू पूरा गर्ने गरी काम गर्ने बताउनुभयो । उहाँले पछिल्लो समय व्यवसायीहरूलाई बैंकको ब्याजदर र तरलता अभावको कारण परेको समस्या समाधान गर्ने बताउनुभयो ।
श्रेष्ठले आन्तरिक र वैदेशिक लगानी ल्याउनका लागि निजी क्षेत्रले पहल गर्ने बताउनुभयो । उहाँले देशभित्र नै लगानीमैत्री वातावरण बनाउन सरकारसँग सहकार्य गर्न बताउनुभयो । उज्यालो
April 14, 2023 6:06 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर