

सिंहदबार र राष्ट्रपति कार्यालयको फोहर उठाउन माग गर्दै सर्वाेच्चमा रिट

काठमाण्डाै – सिंहदबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री आवास क्षेत्रको फोहर उठाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई आज साेमवार अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमा यस्ताे माग गरिएको छ ।
काठमाण्डाै महानगरले फोहर नउठाउने निर्णय गरेपछि फोहर धेरै समय थुप्रिँदा रोग र दुर्गन्ध फैलिने भएकाले तत्काल फोहर उठाउन अन्तरिम आदेश माग रिट निवेदनमा गरिएको छ । रिट निवेदनमा पालिका र सङ्घीय सरकारका बीचमा समन्वय हुनुपर्ने र मिलेर फोहर व्यवस्थापनको काम गर्नुपर्ने उल्लेख छ । काठमाण्डाै महानगरको कार्यालय स्थानीय निकाय भएकाले नेपालको संविधानको धारा ३० मा प्रत्येक व्यक्ति स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हक भएको छ ।
फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३ र ४ बमोजिम स्वच्छ वातावरण कायम गर्नका लागि आफ्नो क्षेत्रभित्र फोहर सङ्कलन गर्ने दायित्व काठमाण्डाै महानगरको भएकाले कानुन विपरीत आजसम्म फोहर सङ्कलन नगरेकाले त्यस क्षेत्रको वातावरण प्रदूषित भई वातावरणमा असर पर्ने भएकाले तत्काल सङ्कलन गरी ल्यान्डफिल्ड साइटमा लानु र नियमित फोहर सङ्कलन र विसर्जन गर्ने कार्य गर्न गराउनु आदेश रिट निवेदनमा माग गरिएको छ ।
सङ्घीय सरकारले सहयोग नगरेको भन्दै मेयर शाहको निर्देशमा सिंहदरबारको फोहोर उठेको छैन । महानगरपालिकाले फोहोर नउठाएपछि मन्त्रिपरिषद्को बैठकले सिंहदरबारको फोहोर उठाउने जिम्मेवारी महानगरपालिकाकै भएकाले जिम्मेवारीबाट पन्छिन नमिल्ने जनाएको छ । उज्यालो
April 18, 2023 4:52 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

