आईएमई लिमिटेडको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड
काठमाण्डौ – आईएमई लिमिटेडको साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
आज आईएमई लिमिटेडको मुख्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
आईएमईले आफ्नो एक अर्ब रुपैयाँ जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता साधारण शेयर (आईपीओ) सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो ।
आईएमईले २२ वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको काम गर्दै आएको छ । रेमिट्यान्स व्यवसायीहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा पटक–पटक ठूला करदाता सम्मानबाट आईएमई लिमिटेड पुरस्कृत भएको छ । आईएमई ग्रुपले केही समययता आफ्नो लगानीमा भएका कम्पनीहरूलाई सार्वजनिक कम्पनीमा रूपान्तरण गर्दै आईपीओ जारी गर्दै आएको छ । उज्यालो
April 26, 2023 3:21 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग