तमू समाज,कुवेतद्धारा आयोजित यहि आउदो शुक्रबार हुने “सातौ रक्तदान” कार्यक्रमको तयारी पुरा
कुवेत / रक्तदान जीवन दान’ भन्ने नारा सहित तमू समाज, कुवेत द्धारा सातौ बृहत रक्तदान कार्यक्रम यही आउदो २८ तारिख २०२३ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना हुने कार्यक्रमको तयारी पुरा भएको जानकारी समाज को अध्यक्ष राजु गुरुङ ले जानकारी दिएका छन् ।
सदाको झैं सामुहिक रुपमा गरिने रक्तदान कार्यक्रम यसपाली पनि कुवेतको जाब्रियास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएकोले सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यस मानवीय पुण्य कार्यमा सहभागी भै स्वईक्षीक रुपमा रक्तदान गर्न सम्पूर्ण रक्तदाताहरुलाई समाजले सार्वजनिक रुपमा अनुरोध गरेको छ।
रक्तदान कार्यक्रम लाई भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निमन्त्रणा पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी आयोजक तमू समाज कुबेतले हार्दिक अनुरोध गरेको छ।
मिति : २८ अप्रिल २०२३ शुक्रबार
समय : दिनको ठिक ०२:०० बजे
स्थान : सेन्ट्रल ब्लड बैंक, जाब्रिया, कुबेत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर