पाँचथरमा चट्याङ लागेर ५४ वटा भेडा मरे
3 years अगाडी
manoj Thapa
पाँचथर – पाँचथरको फालेलुङ गाउँपालिका–३ मा चटयाङ लागेर एउटै फर्मका ५४ वटा भेडा मरेका छन् ।
चट्याङ लागेर स्थानीय सन्तवीर राइ, कुमार राई, प्रकाश राई, टेकबहादुर गुरुङले सञ्चालन गरेकाे फर्मका ५४ वटा भेडा मरेका हुन् । चटयाङले १२ वटा भेडा घाइते भएका छन् । भेडा फर्मको स्याहार सुसारमा जुटेका याङ्बरक–३ निवासी प्रेम राई सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
राईलाई शरीरमा बाहिरी चोट नदेखिए पनि शरीरको दाहिने पाटो नचल्ने र बोल्न नसक्ने अवस्थामा फेला पारी उपचारका लागि फालेलुङ स्वास्थ्य चौकी पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले जानकारी दिनुभयो । भेडा मर्दा किसानलाई १५ लाखभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान छ । उज्यालो
April 29, 2023 5:16 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
Loading...