ओलीकाे गुनासाे– ‘हामीमाथि निरन्तर आक्रमणकाे प्रयास भए पनि सरकार मूकदर्शक बन्याे’
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि निरन्तर आक्रमणको प्रयास भए पनि सरकार मूकदर्शक बनेको गुनासो गर्नुभएको छ ।
पार्टी निकट अखिल नेपाल किसान महासङ्घले आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पूर्वका विभिन्न जिल्लाहरूमा आफूमाथिको आक्रमण प्रयासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारको संलग्नता रहेको जिकिर गर्दै त्यस्ता उदण्ड, अराजनीतिक खालको गतिविधिलाई नियन्त्रण गर्नुको साटो सत्तारूढ दलकै कार्यकर्ताहरूले ढुङ्गामुढा गरेको पनि बताउनुभयो । हरेक ठाउँमा उनीहरूले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, काँही ढुङ्गा हान्ने, काँही भिडन्त गर्न आउने गरे पनि सरकारले भने त्यस्ता गतिविधिलाई नियन्त्रण नगरेको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘हामी देशका विभिन्न ठाउँमा कार्यक्रममा जाने क्रममा हामीमाथि हमला गर्ने, पहिचानको राजनीति भनेर अराजनीतिक क्रियाकलाप गर्ने, ढुङ्गामुढा गर्ने खालका कामहरू भयाे । यसको संलग्नता विभिन्नतिर देखिएको छ । ज्ञानेन्द्र शाह र उनको परिवारको संलग्नता देखिएको छ । अर्को कुरा, अहिले सत्तामा हुने पार्टीका कार्यकर्ताहरू अर्काको नाममा ढुङ्गा हान्न त्यहाँ गएका छन् । हाम्राविरुद्ध अश्लील, असभ्य गालीगलौज गरिएकाे छ । त्यो म आफैँले देखेर, भोगेर आएको छु । त्यो खालको उदण्डता र सरकार मूकदर्शक भएकाे छ ।’
कार्यक्रममा अध्यक्ष ओलीले फटामा, मुर्ख र बुद्धि नभएकाहरूले मात्रै राजतन्त्र मान्ने टिप्पणी गर्नुभयो । स्वार्थी तत्त्व, अपराध कर्ममा लागेकाहरूले मात्रै राजतन्त्रलाई मान्ने उहाँको आरोप थियो ।
अध्यक्ष ओलीले महाकाली सन्धि आफूहरूले सच्याएको दाबीसमेत गर्नुभयो । बाँध बाँध्नका लागि भारतलाई जमिन दिने गरी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतसँग गरेको सहमतिलाई खारेज गरेर आफूहरूले बाँध बाँध्न मात्रै जमिन दिने गरी त्याे सन्धिलाई सच्याइएको ओलीको तर्क थियो । उहाँले महाकाली सन्धि आफूहरूले सच्याएपछि त्यसबाट अनेक फाइदा भइरहेको जिकिर गर्नुभयाे । उज्यालो
April 30, 2023 5:53 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी