आयुर्वेद नेपाललाई चिनाउन सक्ने माध्यम हाे : मेयर शाह
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले आयुर्वेद देशलाई चिनाउन सक्ने माध्यम भएको बताउनुभएको छ ।
आइतवार काठमाण्डाैमा आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्दै मेयर शाहले यस्तो कुरा बताउनुभएको हो । उहाँले आयुर्वेद विस्तार हुँदै जानुपर्नेमा झनै शिथिल बन्दै गएको उल्लेख गर्नुभयाे ।
मेयर शाहले पहिला नेपालमा विदेशी पर्यटकहरू योग, आयुर्वेदका लागि आउने गरेको तर पछिल्लो समय भने खस्कँदै गएको बताउनुभयो । आयुर्वेदको प्रवर्धनका लागि सरकारले धेरै काम गर्नुपर्ने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘आयुर्वेदका लागि अझै धेरै गर्न बाँकी छ । यसलाई प्रवर्धन गर्दै जानुपर्छ । नेपालमा पहिला विदेशी पर्यटकहरू आयुर्वेदका लागि आउँथे, योगका लागि आउँथे । यसको प्रवर्धनका लागि आउँदा दिनमा अझै धेरै काम गर्नुपर्छ । आयुर्वेद देशलाई चिनाउन सक्ने चिज हो ।’
मेयर शाहले आयुर्वेदको प्रवर्धन र विस्तार गरी विदेशी पर्यटकहरू नेपाल भित्र्याउनुपर्ने बताउनुभयो । उज्यालो
May 1, 2023 4:37 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत