अफगानिस्तानमा उपचार हुनसक्ने रोगबाट दैनिक १ सय ६७ जना बालबालिकाले ज्यान गुमाउँदै
अफगानिस्तानमा उपचार हुनसक्ने रोगबाट दैनिक १ सय ६७ जना बालबालिकाले ज्यान गुमाउनु परिरहेको एक तथ्याङ्कले देखाएको छ।
संयुक्त राष्ट्र सङ्घको बालबालिका हेर्ने निकाय युनिसेफको तथ्याङ्क अनुसार स्वास्थ्य उपचारको प्रभावकारी व्यवस्था नहुँदा निको हुने रोग निमोनिया, मेनिन्जाइटिस, मुटुरोगलगायतबाट बालबालिका ज्यान गुमाउन बाध्य छन् । उचित उपचार सेवाबाट ती बिरामी बालबालिका निको हुनसक्ने र हुनुपर्ने पनि युनिसेफले जनाएको छ ।
अफगानिस्तानमा सार्वजनिक स्वास्थ्य सेवा अन्तर्राष्ट्रिय सहयोगमा निर्भर रहेको र सन् २०२१ मा तालिबानले सत्ता हातमा लिएपछि सहयोग रकम कटौती भएको छ । तालिबानले महिलालाई गैरसरकारी संस्थामा काम गर्न रोक लगाएपछि मानवीय सहायताका लागि काम गर्ने संस्थाहरू सञ्चालनका लागि कठिन भएको छ । त्यसबाट बालबालिका र शिशुहरू थप जोखिममा परेका बीबीसीले जनाएको छ । उज्यालो
May 4, 2023 1:18 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो