

दुर्गमभन्दा दुर्गम ठाउँमा पनि तत्काल स्वास्थ्यकर्मी पुर्याउँछु : स्वास्थ्यमन्त्री बस्नेत

काठमाण्डाै – नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले दुर्गमभन्दा दुर्गम ठाउँमा पनि तत्काल स्वास्थ्यकर्मी पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पालिका, प्रदेश र सङ्घीय सरकारको समन्वयमा याे काम गर्ने उहाँकाे योजना छ ।
बिहीवार पदभार ग्रहण गरेपछि मन्त्रालयका आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले आफू कम सुतेर भए पनि मन्त्रालयको काममा खट्ने बताउनुभयो । स्वास्थ्य सेवाको प्रक्रियालाई सरलीकृत गर्दै लैजाने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘स्वास्थ्य सेवाको प्रक्रियालाई सरलीकृत गर्दै दुर्गमभन्दा दुर्गम ठाउँमा पनि स्वास्थ्यकर्मी पुर्याउँछाैँ । यसमा तीनै तहका सरकारसँग समन्वय गर्छाैँ । म चाहिँ कम सुते हुने मान्छे, बढी खट्न सक्ने मान्छे ।’
मन्त्री बस्नेतले एक हप्ताभित्र स्वास्थ्य सामग्रीकाे तथ्याङ्क दुरुस्त राख्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । स्वास्थ्य सामग्री धेरै खरिद भएको तर त्यो प्रयोगमा नआएकाले त्यसको हिसाब दुरुस्त राखी आवश्यक ठाउँमा पठाउनुपर्ने उहाँको भनाइ थियो । मन्त्री बस्नेतले सरकारले खरिद गरेको स्वास्थ्य सामग्री ठूलो मात्रामा भए पनि त्यसको सदुपयोग हुन नसकेको भन्दै आपत्ति जनाउनुभयो ।
मन्त्री बस्नेतले नागरिकको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर काममा खटिन स्वास्थ्यकर्मीलाई सचेत गराउनुभयो । उज्यालो
May 4, 2023 10:20 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

ग्लोबल आईएमई क्यापिटलले ‘समुन्नत योजना २’ इकाइ सार्वजनिक निष्काशनमा ल्याउँदै

स्व. बिमला सार्किको शव नेपाल पठाउन प्रवासी नेपाली मञ्चको सहयोग

माओवादिमा रहदा बम र बारुदसंग खेलेका विप्लव अचेल माटो संग खेल्छन

देउवासँग कोइरालाले मागे ओलीलाई प्रधानमन्त्री बनाउनुको चित्तबुझ्दो जवाफ

साँझबिहान इँटा सुकाउन ओल्टाइपल्टाइ गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्: डाक्टर बन्ने चाहना छ

निर्वाचन समितिद्वारा एनसीसी कुवेतको नवाैं अधिवेशनका लागि आचारसंहिता र निर्वाचन कार्यतालिका सार्वजनिक

कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो ११ जुलाई २०२५ शुक्रवारको दिन छैटौं महाअधिवेशन कार्यक्रम गर्ने भएको छ ।

माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कारबाट पत्रकार शुरेस गुरुङ सम्मानित

