विदेशबाट फर्किँदा २ वटा माेबाइल ल्याउन पाइने
काठमाण्डाै – सरकारले वैदेशिक रोजगारीमा जानेहरूले फर्किँदा दुई वटा माेबाइल ल्याउन पाउने निर्णय गरेकाे छ । आज मङ्गलवार बसेकाे मन्त्रिपरिषद् बैठकले वैदेशिक राेजगारमा जानेहरूले पहिला पाइरहेको सुविधाबाहेकको थप एक मोबाइल ल्याउन पाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।
यस्तै बैठकले नेपाल कृषि वन सेवा समूहीकरणको सचिवमा रेवतीरमण पौडेललाई बढुवा गरेको छ । मन्त्री शर्माले बैठकले सहकारी क्षेत्रको समग्र सुधारका लागि कार्यदल गठन गरेको बताउनुभयो । उहाँले मोबाइल फोनमा एमडीएमएस व्यवस्था पनि लागू गर्ने निर्णय भएको बताउनुभयो ।
बैठकले ढल्केवर वाणगङ्गा १३२ केभी प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक अधिकारी तोक्ने निर्णय गरेकाे पनि मन्त्री शर्माले जानकारी दिनुभयाे । उहाँले इसमिट बोर्ड अफ
गभर्नेन्स मिटिङमा सहभागीका लागि योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिने निर्णय भएको बताउनुभयो । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी