

सीमित व्यक्ति, समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत–साधनको उपयोग गर्दा अर्थतन्त्रमा समस्या’

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत–साधनको उपयोग गर्दा अर्थतन्त्रमा समस्या देखिएको बताउनुभएको छ ।
सोमवार नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल राष्ट्र बैंकद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यशालासम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले उपलब्ध स्रोत, साधन अनुत्पादक र कम उत्पादक क्षेत्रमा केन्द्रित हुँदा पनि अर्थतन्त्रमा समस्या देखिएको बताउनुभयाे ।
उहाँले भन्नुभयो, ‘बैंकिङ क्षेत्रबाट भएको लगानीको आकारको अनुपातमा देशभित्र उत्पादन र रोजगारीमा परेको प्रभाव भने अत्यन्त न्यून देखिन्छ । त्यसैगरी सीमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत–साधनको उपयोग गर्ने, उपलब्ध स्रोत–साधन प्रत्यक्ष/अप्रत्यक्ष रूपमा अनुत्पादक वा कम उत्पादक क्षेत्रमा केन्द्रित हुनेजस्ता समस्या पनि देखिएका छन् । अहिले अर्थतन्त्रमा समस्या देखिनुमा यस्तै अनपेक्षित क्रियाकलाप पनि धेरै हदसम्म जिम्मेवार रहेका छन् । यस्तो प्रवृत्तिलाई रोक्न केन्द्रीय बैंक तथा बैंकिङ क्षेत्रले समयमै उचित कदम चाल्नु आवश्यक छ । हाम्रो अर्थतन्त्रले आन्तरिक र बाह्य कारणले सिर्जना भएका चुनौतीको उच्चतम विन्दु पार गरिसकेको छ ।’
प्रधानमन्त्री प्रचण्डले उत्पादन र रोजगारी वृद्धितर्फ देशले प्रगति हासिल गर्न नसकेको बताउनुभयो । उहाँले दैनिक उपभोग्य वस्तुकाे ठूलो मात्रामा आयात गर्नुपरेकाले व्यापार घाटा चुलिँदै गएको उल्लेख गर्दै सरकारको नीति, योजना र कार्यक्रमकाे प्रभावकारी कार्यान्वयन हुन नसक्दा यस्तो भएको उल्लेख गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘देशका अन्य क्षेत्रमा केही प्रगति भए पनि उत्पादन र रोजगारी वृद्धितर्फ हामीले प्रगति गर्न अझै सकेका छैनौँ । यसैको फलस्वरूप उपभोग्य वस्तुको ठूलो मात्रामा आयात गर्नुपरेकोले व्यापार घाटा चुलिँदै गएको छ । त्यसैगरी रोजगारीको खोजीमा प्रतिदिन ठूलो सङ्ख्यामा नेपाली युवा विदेशिनुपरेको अवस्था छ । यसो हुनुमा हाम्रो नीति, योजना र कार्यक्रम तथा तिनको कार्यान्वयन प्रभावकारी हुन नसक्नु प्रमुख कारण हो भन्न हामीले अप्ठ्यारो मान्नु हुँदैन । प्रभावकारी हुन नसकेको कतिपय कार्यक्रमलाई खारेज गरेर नयाँ कार्यक्रम कार्यान्वयन गर्न आवश्यक छ र सरकार त्यसै दिशातिर अगाडि बढ्दैछ ।’ उज्यालो
May 15, 2023 5:56 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

कुवेतमा तीन किराती संस्थाको संयुक्त आयोजनामा हुने उभौली तथा सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

भारतविरुद्ध जवाफी कारबाही सुरु गरेको पाकिस्तानी सेनाको दाबी

भारतमा रहेका नेपालीलाई सुरक्षासम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह

भारत–पाकिस्तान तनाव बढेपछि नेपालका सीमा क्षेत्रमा उच्च सतर्कता

जीप भासिएको ठाउँमा भूगर्भविद्को टोलीले अध्ययन राेक्याे

ओमानमा भिसाविहीन श्रमिकलाई आममाफी, तीन महिनाभित्र स्वदेश फर्कनुपर्ने

