सरकार निजी क्षेत्रमैत्री हुनुपर्छ : स्वर्णिम वाग्ले
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लले सरकार निजी क्षेत्रमैत्री बन्नुपर्ने बताउनुभएको छ ।
मङ्गलवार नेपाल उद्योग परिसङ्घले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा सांसद वाग्लेले सरकारले निजी क्षेत्रमैत्री नीति लिएमात्रै आर्थिक समृद्धि हुने बताउनुभएको हो । उहाँले निजी क्षेत्र संलग्न नहुने क्षेत्रमा सरकारले लगानी गर्ने सरल सिद्धान्तबाट सरकार जानुपर्ने बताउनुभयो । निजी क्षेत्रले सिर्जना गरेको रोजगारी, सरकारलाई तिरेको करबाट राज्यको ढुकुटी समृद्ध भएमात्रै कल्याणकारी राज्य धान्ने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘नेपाल सरकार निजी क्षेत्रमैत्री बन्नुपर्छ । निजी क्षेत्रलाई सम्भावनाका अनुरूप के–के गर्नुपर्छ भन्नेबारे बहस गरौँ । निजी क्षेत्र संलग्न नहुने क्षेत्रमा राज्यले लगानी गर्ने हो । सरल सिद्धान्तबाट हामी जानुपर्छ । निजी क्षेत्र पखेटा फिँजाएर उड्नका लागि कस्तो बाटोमा लाने हो, त्यसमा हामीले लिएर जान्छौँ ।’
सांसद वाग्लेले अब युवाहरूलाई उद्यमशीलमार्फत देश निर्माणमा लगाउनुपर्ने बताउनुभयो । उहाँले ‘डेमोग्राफिक प्रोजेक्शन’ अनुसार सन् २०२८ एजिङ सोसाइटीमा जाने भन्दै अबको पाँच वर्ष धैर्य गर्ने कसैसँग समय नहुने बताउनुभयो । उहाँले अबको १५ वर्षको देशको अर्थतन्त्रको स्वरूप कस्तो बनाउने भन्ने यकिन हुनुपर्ने उल्लेख गर्नुभयाे ।
उहाँले छिमेकी देशहरूले आर्थिक रूपमा धेरै फड्को मारेको भन्दै विदेशी लगानी भित्रिने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालले केही समयअघि आन्तरिक कलहको कारण विश्वका ठूला कम्पनीहरूको लगानी आफूतिर आकर्षण गर्न नसकेकाे उहाँकाे भनाइ छ । उज्यालो
May 17, 2023 2:23 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :