१० महिनामा १२ खर्ब ४ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा
काठमाण्डाै – चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । भन्सार विभागले आज आइतवार सार्वजनिक गरेको विवरणमा १० महिनामा नेपालले १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँ बराबरको मालवस्तु आयात गरेको छ ।
१० महिनाको अवधिमा नेपालले १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । विभागका अनुसार यस अवधिमा नेपालले एक खर्ब ३० अर्ब ९० करोड रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको छ । यस अवधिका वस्तु आयात र निर्यात दुवै घटेको छ । आर्थिक वर्ष २०७८/७९ को १० महिनाको अवधिमा नेपालले एक खर्ब ७३ अर्ब ३४ करोड रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको थियो । गएकाे वर्षको तुलनामा चालु आर्थिक वर्षकाे १० महिनामा वस्तु निर्यात २४ दशमलव ४९ प्रतिशतले घटेको छ ।
विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १६ खर्ब चार अर्ब ६५ करोड २५ लाख रुपैयाँ बराबरको आयात गरेकाेमा चालु आर्थिक वर्षकाे १० महिनामा १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँ बराबरको आयात भएको छ । कारोबारका आधारमा आर्थिक वर्ष २०७८/७९ मा १७ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको व्यापार भएकाेमा चालु आर्थिक वर्षकाे १० महिनामा १४ खर्ब ६६ अर्ब २२ करोड रुपैयाँ बराबरको व्यापार भएको छ । उज्यालो
May 21, 2023 7:11 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :