

लगातार पाँचौँ दिन पनि शेयर बजार बढ्यो, एक अर्ब २७ करोड रुपैयाँको कारोबार
2 years अगाडी
manoj Thapa

काठमाण्डाै – लगातार पाँचाैँ दिन पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव १० अङ्कले बढेर एक हजार आठ सय ९१ दशमलव ३१ बिन्दुमा पुगेको छ।
बैंक र व्यापार समूहको शेयर सामान्य घटेको छ भने बाँकी सबै समूहको शेयर उकालो लागेको छ । बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ । हिजो एक अर्ब ६० करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज २ सय ७२ वटा कम्पनीका ३४ लाख ९५ हजार कित्ता शेयर एक अर्ब २७ करोड ८७ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै शिवम् सिमेन्टको ७ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशत र युनिलिभर नेपालको शेयर सात प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज ग्रिनलाइफ हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै साढे सात प्रतिशतले घटेको छ । उज्यालो
May 23, 2023 3:14 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु
Loading...

