काभा महिला भलिबलको फाइनल खेल आज : नेपालले तेस्रो स्थानका लागि खेल्दै
काठमाण्डाै – एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको उपाधिका लागि आज भारत र काजकिस्तान खेल्दैछन् ।
खेल दिउँसो सवा ४ बजे राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुनेछ । प्रतियोगिता अन्तर्गत तेस्रो स्थानको लागि आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल र उज्वेकिस्तानबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।
शुक्रवार भएको दोस्रो सेमिफाइनलमा काजकिस्तानसँग पराजित भएपछि नेपालले तेस्रो स्थानको लागि खेल्न लागेको हो । उज्वेकिस्तान भारतसँग पराजित भएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हिजो भएको खेलमा श्रीलङ्काले कीर्गिस्तानलाई सोझो सेटमा पराजित गरी पाँचौँ भएको छ ।
त्यस्तै माल्दिभ्सले बङ्लादेशलाई ३–१ को सेटमा पराजित गरी सातौँ भयो । बङ्लादेशले भने आठ टोली सहभागी प्रतियोगितामा पुछारमा रहँदै प्रतियोगिता टुङ्ग्याएको छ । उज्यालो
May 28, 2023 11:52 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी