थेग्नै नसकिने दबाब आएपछि बाध्य भएर सांसद विकास कोष बिउँताइयाे : प्रधानमन्त्री
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाध्य भएर सांसद विकास कोष बिउँताइएकाे बताउनुभएको छ ।
मङ्गलवार सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्रीय संसदीय दलको बैठकमा सम्बोधन गर्दै पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले सांसद विकास कोषका लागि बजेटमै व्यवस्था गरेर रकम विनियोजन गर्नु आफ्नो योजना नभई बाध्यता भएको बताउनुभएको हो । सत्ता साझेदार दलसहित सबैतिरबाट कोष बिउँताउनुपर्छ भनेर थेग्नै नसकिने गरी दबाब आएकाले यो व्यवस्था बजेटमा समेटिएको प्रचण्डको भनाइ छ ।
उहाँले हरेक निर्वाचन क्षेत्रमा सांसदले परिचालन गर्न पाउने कोषको बजेटलाई कार्यविधि बनाएर व्यवस्थित गरिने पनि उल्लेख गर्नुभयो । प्रचण्डले यो सरकार भ्रष्टाचारविरुद्ध निर्मम भएर उभिने उल्लेख गर्दै बरु सरकार ढले पनि यस पटक कुनै हालतमा भ्रष्टाचारका फाइल खोल्ने दाबी गर्नुभयो ।
यस्तै भोलि बुधवारदेखि सुरु हुने भारत भ्रमणमा नेपालको हितमा मात्रै सम्झौता हुने र विवाद र आलोचनाबाट मुक्त हुने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उज्यालो
May 30, 2023 11:18 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी