

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीद्वारा नेपालगञ्जको एकीकृत जाँचचौकीको उद्घाटन

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा नेपालगञ्जको रुपेडियामा निर्माण सम्पन्न भएको एकीकृत जाँचचौकीको उद्घाटन गर्नुभएको छ ।
भारतीय प्रधानमन्त्रीको कार्यालय हैदराबाद हाउसबाट उहाँहरुले जाँचचौकीको उद्घाटन गर्नुभएको हो । सहजरुपमा व्यापार प्रवर्द्धनका लागि याे जाँचचौकी महत्त्वपूर्ण मानिएको छ । यस्तै, त्यही अवसरमा भैरहवामा निर्माण हुने एकीकृत जाँचचौकीकोसमेत शिलान्याश गरिएको छ । नेपाल र भारतबीचको व्यापार प्रवर्द्धन तथा सहजीकरणका लागि त्यस्ता संरचना महत्त्वपूर्ण मानिएको छ ।
यसअघि विरानटगरमा त्यस्तै जाँचचौकी निर्माण सम्पन्न भइ उद्घाटनसमेत भइसकेको छ । गाडीको सहज पार्किङ, सामान आयात तथा निर्यातका लागि त्यस्ता संरचनाले महत्त्वपूर्ण सहयोग गर्नेछ । उद्योगी व्यवसायीले एकीकृत संरचनाको माग गर्दै आएका थिए ।
यस्तै, बैतडीको झुलाघाट नाकामा दुई पक्की पुल निर्माण हुने भएको छ । याे अवसरमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतका नागरिकको सहजताका लागि झुलाघाट नाकामा दुई पुल बनाउने जानकारी दिनुभएको थियो । बैतडीवासीले भारत भ्रमणमा झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि भारतसँग प्रधानमन्त्रीले छलफल गर्नुपर्ने माग गर्दै आएका थिए ।
यो सहमतिले स्थानीयवासीलाई खुसी बनाउनेछ । झुलाघाटमा मोटरेबल पुल नहुँदा समस्या झेलिरहेकाले प्रधानमन्त्रीको भ्रमणमा क्रममा भएको यो घोषणा आफैँमा महत्त्वपूर्ण छ । झुलाघाट नाकामा करिब दुई सयवर्ष अघि निर्माण भएको झोलुङ्गे पुलबाट आवतजावत हुँदै आएको छ ।
त्यस्तै, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा भारतको सहयोगमा सुक्खा बन्दरगाह निर्माण हुने भएको छ । याे ठाउँमा भारतको सहयोगमा सुक्खा बन्दरगाह निर्माण गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा सहमति भएको हो ।
पछिल्लो सम्झौताअनुसार सुक्खा बन्दरगाह भारतले निर्माण गर्नेछ । सम्झौतामा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ । गएकाे फागुन १ गते नै कञ्चनपुर पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले सुक्खा बन्दरगाह निर्माणको काम सुरु हुने बताउनुभएको थियो ।
बन्दरगाह निर्माणका लागि २०६४ सालमै प्रस्ताव गरिएको थियो । बन्दरगाह निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनसमेत भइसकेको छ । उज्यालो
June 1, 2023 7:22 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

ग्लोबल आईएमई क्यापिटलले ‘समुन्नत योजना २’ इकाइ सार्वजनिक निष्काशनमा ल्याउँदै

स्व. बिमला सार्किको शव नेपाल पठाउन प्रवासी नेपाली मञ्चको सहयोग

माओवादिमा रहदा बम र बारुदसंग खेलेका विप्लव अचेल माटो संग खेल्छन

देउवासँग कोइरालाले मागे ओलीलाई प्रधानमन्त्री बनाउनुको चित्तबुझ्दो जवाफ

साँझबिहान इँटा सुकाउन ओल्टाइपल्टाइ गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्: डाक्टर बन्ने चाहना छ

निर्वाचन समितिद्वारा एनसीसी कुवेतको नवाैं अधिवेशनका लागि आचारसंहिता र निर्वाचन कार्यतालिका सार्वजनिक

कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो ११ जुलाई २०२५ शुक्रवारको दिन छैटौं महाअधिवेशन कार्यक्रम गर्ने भएको छ ।

माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कारबाट पत्रकार शुरेस गुरुङ सम्मानित

