

विश्व साइकल दिवसका अवसरमा काठमाण्डौमा साइकल र्याली

काठमाण्डाै – विश्व वातावरण तथा साइकल दिवसको अवसरमा आज बिहान काठमाण्डौमा सामूहिकरुपमा साइकल र्याली गरिएको छ ।
आज परेकाे विश्व साइकल दिवस तथा पर्सि (जुन ५) पर्ने विश्व वातावरण दिवसकाे संयुक्त अवसरमा काठमाण्डाै सहरलाई साइकलमैत्री बनाउन दबाब दिनकाे लागि साइकल यात्रा गरिएकाे हाे ।
विभिन्न १२ संघसंस्थाको आयोजनामा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट सुरु भएको साइकल यात्रा बल्खु हुँदै एकान्तकुना जावलाखेल–पुल्चोक–थापाथली हुँदै तीनकुने–शहीदगेट, सुन्धाराबाट दरबारमार्गमा पुगेर टुंगिएको थियो । साइकल संस्कृति अभियान सञ्जालले र्यालीकाे आयाेजना गरेकाे हाे ।
यस्तै ‘सफा सहर हाम्रो रहर’ भन्ने मूल नारासहित फोहोर मैला व्यवस्थापन सङ्घ नेपाल, चन्द्रागिरि वातावरण एण्ड ट्रेड लिङ्क र सर्वकल्याण वातावरण सेवा प्रालिलगायतका सङ्घरसंस्थाले प्रभातफेरी गरेका छन् । प्रभातफेरी भृकुटीमण्डबाट सुरु भएर, भद्रकाली, शहीद ढोका, सुन्धारा, रत्नपार्क, जमल, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको थियो । उज्यालो
June 3, 2023 4:05 pm | खेलकुद,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

