Sunday 28th April 2024

विश्व साइकल दिवसका अवसरमा काठमाण्डौमा साइकल र्‍याली

11 months अगाडी

काठमाण्डाै – विश्व वातावरण तथा साइकल दिवसको अवसरमा आज बिहान काठमाण्डौमा सामूहिकरुपमा साइकल र्‍याली गरिएको छ ।

आज परेकाे विश्व साइकल दिवस तथा पर्सि (जुन ५) पर्ने विश्व वातावरण दिवसकाे स‌ंयुक्त अवसरमा काठमाण्डाै सहरलाई साइकलमैत्री बनाउन दबाब दिनकाे लागि साइकल यात्रा गरिएकाे हाे ।

विभिन्न १२ संघसंस्थाको आयोजनामा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट सुरु भएको साइकल यात्रा बल्खु हुँदै एकान्तकुना जावलाखेल–पुल्चोक–थापाथली हुँदै तीनकुने–शहीदगेट, सुन्धाराबाट दरबारमार्गमा पुगेर टुंगिएको थियो । साइकल संस्कृति अभियान सञ्जालले र्‍यालीकाे आयाेजना गरेकाे हाे ।

यस्तै ‘सफा सहर हाम्रो रहर’ भन्ने मूल नारासहित फोहोर मैला व्यवस्थापन सङ्घ नेपाल, चन्द्रागिरि वातावरण एण्ड ट्रेड लिङ्क र सर्वकल्याण वातावरण सेवा प्रालिलगायतका सङ्घरसंस्थाले प्रभातफेरी गरेका छन् । प्रभातफेरी भृकुटीमण्डबाट सुरु भएर, भद्रकाली, शहीद ढोका, सुन्धारा, रत्नपार्क, जमल, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको थियो । उज्यालो

          June 3, 2023 4:05 pm | खेलकुद,समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...