 
						 
बालकको ज्यान गएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफन्तकाे प्रदर्शन, सेवा ठप्प हुँदा बिरामी मर्कामा
 
 दाङ – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा उपचारका लागि लगिएका बालकको ज्यान गएपछि आफन्तले गरेको आन्दोलनका कारण अस्पताल तनावग्रस्त बनेको छ । मृतकका आफन्तकाे धर्ना र प्रदर्शनका कारण अस्पतालकाे सेवा आज दोस्रो दिन पनि ठप्प भएको हाे । आज पनि बिहानैदेखि मृतकका आफन्तले प्रदर्शन गरिरहेका छन् ।
बिहीवार हिजाे उपचारका क्रममा घोराही उपमहानगरपालिका वडा नम्बर ३ का १० वर्षीय आक्रोस नेपालीको ज्यान गएको थियो ।
एमआरआई गर्ने क्रममा डाक्टर र स्वास्थ्यकर्मीहरुको लापरबाहीका कारण बालककाे ज्यान गएकाे भन्दै पीडितका आफन्तहरु दोषीलाई कारबाहीसँगै क्षतिपूर्तिको माग गर्दै आन्दोलित भएका हुन् । सामान्य अवस्थाको बिरामीकाे अस्पतालको लापरबाहीका कारण ज्यान गएको उनीहरुकाे आराेपमा छ ।
प्रतिष्ठानको गेटभित्रै काउन्टरमा पीडितहरुले धर्ना दिएपछि सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले बताउनु भयाे । मृतकका आफन्तहरुले धर्ना दिएपछि उपचारका लागि प्रतिष्ठान पुगेका बिरामीहरु समस्यामा परेका छन् ।
बालकको ज्यान गएकाे विषयमा छानबिन समिति बनाउने सँगै बालककी आमालाई रोजगारी र उपचार खर्च बेहोर्न प्रतिष्ठान तयार रहे पनि पीडित पक्षको मागअनुसार रकम दिन नमान्दा सहमति हुन नसकेको बताइएकाे छ । तर प्रतिष्ठानले भने पीडित पक्षसँग वार्ता जारी रहे पनि कुनै समाधान हुन नसकेको जनाएकाे छ । उज्यालो
July 14, 2023 4:58 pm | समाज,स्वास्थ्य 
प्रतिकृयाहरू :
समाचारहरु:
 
						भर्खरै प्रकाशित
 
			  		कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
 
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
 
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
 
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
 
			  		त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
 
			  		जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
 
			  		भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
 
			  		जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
 
 
