

वैदेशिक रोजगारीमा जानेहरुले अब अध्यागमनमा यी कागजात अनिवार्य देखाउनुपर्ने

काठमाण्डौ – वैदेशिक रोजगारीमा जानेहरुका कागजात शंकास्पद देखिन थालेपछि अध्यागमन विभागले कडाइ गरेको छ । तोकिएका कागजातहरु पेश गरेमा मात्र प्रस्थान अनुमति दिने भन्दै विभागले आइतबार एक विज्ञप्ति निकालेको छ ।
अब वैदेशिक रोजगारीमा जानेहरुले अन्य भाषामा भएका भिसा अनिवार्य रुपमा अंग्रेजी भाषामा अनुवाद गरी नोटरी समेत गरी पेश गर्नुपर्ने जनाएको छ । यस्तै भिसामा उल्लेख भएको रोजगारदाताको नाम र श्रम स्वीकृति/सम्झौता पत्रमा उल्लेख भएको रोजगारदाताको नाम र पेशा एउटै हुनुपर्नेछ । यस्तै, प्यारेन्ट कम्पनी तथा होल्डिङ कम्पनीसँग सम्झौता गरी श्रम स्वीकृति लिएको भए ती ‘प्यारेन्ट कम्पनी/होल्डिङ कम्पनी’ले उक्त कम्पनी आफू मातहतको कम्पनी हो भनेर लेखेको आधिकारिक पत्र पेश गर्नुपर्नेछ ।
कुवेत जाने श्रमिकहरुको ईभिसाका सम्बन्धमा सम्बन्धित म्यानपावर कम्पनीले सम्पूूर्ण जिम्मेवारी लिइ प्रतिबद्धतात्र पेश गर्नुपर्ने अध्यागमन विभागले जनाएको छ । विभागले अर्को निर्णय नगर्नसम्मको लागि यो नियम लागू हुनेछ ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जान तयार भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकाहरुलाई अध्यागमन विभागले विमानस्थलबाटै फर्काएको भन्दै म्यानपावर व्यवसायी आक्रोसित छन् । यही असार २७ र २८ गते कुवेत जान लागेका एक सय १७ जना श्रमिकलाई विमानस्थलमा रहेको अध्यागमन कार्यालयले फर्काएको थियो । यस्तै त्यसको तीन दिन अगाडि पनि वैदेशिक रोजगारीमा जोर्डन जान लागेका १४ महिलासहित १५ जना श्रमिकलाई अध्यागमनका कर्मचारीले कागजात नमिलेको, भिसामा शंका लागेको भन्दै फर्काएका थिए । यसैको विरोधमा आइतबार व्यवसायीहरुले अध्यागमन विभाग घेराउ गर्दै विभागका महानिर्देशकको राजीनामा पनि माग गरेका छन् ।
श्रम स्वीकृति लिई, सबै कानुनी प्रक्रिया पूरा गरेर जान लागेका श्रमिकलाई यसरी फर्काएर अध्यागमनले मनपरि गर्न खोजेको व्यसायीहरुको आरोप छ । अध्यागमनले आफ्नो कार्यमातहत बाहिरको काम गरेको भन्दै उनीहरु आक्रोशित छन् ।
तर अध्यागमन विभागले यात्रुहरुको कागजात जाँच गर्ने र शंका लागेमा अनुमति दिन अस्वीकार गर्ने अधिकार सम्बन्धित अध्यागमन अधिकृतलाई हुने जनाएको छ । विभागले अध्यागमबाट श्रमिक फर्काइएका पछिल्ला घटनाका विषयमा पनि प्रष्ट पारेको छ । श्रमिकहरुले पेस गरेका कागजातको प्रारम्भिक छानबिनमा भिसा सम्बन्धित देशको आधिकारिक वेबसाइटमा नखुलेको, भिसाको अवस्था ‘अवेटिङ अप्रुभल’ देखिइ भिसाको आधिकारिकताका सम्बन्धमा द्विविधा उत्पन्न भएको विभागको भनाइ छ । यस्तै भिसामा उल्लेख भएको रोजगारदाताको नाम र श्रम स्वीकति/सम्झौतापत्रमा उल्लेख रोजगारदाताको नाम फरक पर्न गएको लगायतका विषयहरु देखिएको हुँदा छानबिन गरी आवश्यक निर्णयमा पुग्नका लागि छानबिन समिति समेत गठन भइ कार्य प्रारम्भ भएको विभागले जनाएको छ । उज्यालो
July 16, 2023 6:25 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७४ पुग्यो

शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै

एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर कीर्तिमान बनायो

जनमत-नाउपा एकीकरण: संरक्षक रेशम, अध्यक्ष सिके, सहअध्यक्ष रन्जिता

दुर्गा प्रसाईं भारतमा समातिएको चर्चा भैरहँदा प्रहरीले भन्यो, ‘अहिलेसम्म पक्राउ परेका छैनन्’

थरीथरीका आन्दोलनले काठमाण्डौको जनजीवन प्रभावित, मुख्य सडकमार्गमै हप्तौंदेखि अवरोध

