अफगानिस्तानका सबै ब्युटी पार्लर स्थायीरूपमा बन्द, हजारौँ महिला बेरोजगार हुँदै
तालिबान सरकारको चेतावनीपछि अफगानिस्तानका सबै ब्युटी पार्लरहरू स्थायीरूपमा बन्द भएका छन् । तालिबान सरकारले आज मङ्गलवारभित्र देशभरका ब्युटी पार्लर बन्द गर्न आदेश दिएको थियो ।
सन् २०२१ को अगस्ट महिनामा सत्ता कब्जा गरेको तालिबानले महिलालाई विद्यालय र विश्वविद्यालय जानबाट यसअघि नै रोक लगाइसकेको छ । यस्तै पार्क, जिमखाना र मनोरञ्जनका क्षेत्रमा पनि महिलालाई रोक लगाएको छ ।
ब्युटी पार्लरका कारण अनुत्पादक क्षेत्रमा पैसा खर्च भएको र कतिपय इस्लामिक कानुनको समेत उल्लङ्घन भएको भन्दै तालिबानले पार्लर बन्द गराएको समाचार संस्था एएफपीले जनाएको छ । अफगानिस्तानमा १२ हजार ब्युटी पार्लरमा ६० हजार जना महिलाले रोजगारी पाएको अनुमान छ । उनीहरूको आयआर्जनको एकमात्रै स्रोत ब्युटी पार्लर भएकाले बन्द भएपछि अब बेरोजगारी बढ्ने जोखिम छ ।
अफगानिस्तानमा ब्युटी पार्लर रोजगारीका लागि मात्र नभई सामाजिकीकरणको पनि एकमात्र विकल्प थियो । ब्युटी पार्लर बन्द गराउने आदेशको विरोधमा गएको हप्ता महिलाले प्रदर्शन गरेपछि सुरक्षाकर्मीले अश्रुग्यास र हवाई फायर गरेका थिए । तालिबानले सत्ता कब्जा गरेयता अफगानिस्तानमा हजारौँ महिलाले जागिर गुमाएका छन् । उज्यालो
July 25, 2023 5:25 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी