अफगानिस्तानका सबै ब्युटी पार्लर स्थायीरूपमा बन्द, हजारौँ महिला बेरोजगार हुँदै
तालिबान सरकारको चेतावनीपछि अफगानिस्तानका सबै ब्युटी पार्लरहरू स्थायीरूपमा बन्द भएका छन् । तालिबान सरकारले आज मङ्गलवारभित्र देशभरका ब्युटी पार्लर बन्द गर्न आदेश दिएको थियो ।
सन् २०२१ को अगस्ट महिनामा सत्ता कब्जा गरेको तालिबानले महिलालाई विद्यालय र विश्वविद्यालय जानबाट यसअघि नै रोक लगाइसकेको छ । यस्तै पार्क, जिमखाना र मनोरञ्जनका क्षेत्रमा पनि महिलालाई रोक लगाएको छ ।
ब्युटी पार्लरका कारण अनुत्पादक क्षेत्रमा पैसा खर्च भएको र कतिपय इस्लामिक कानुनको समेत उल्लङ्घन भएको भन्दै तालिबानले पार्लर बन्द गराएको समाचार संस्था एएफपीले जनाएको छ । अफगानिस्तानमा १२ हजार ब्युटी पार्लरमा ६० हजार जना महिलाले रोजगारी पाएको अनुमान छ । उनीहरूको आयआर्जनको एकमात्रै स्रोत ब्युटी पार्लर भएकाले बन्द भएपछि अब बेरोजगारी बढ्ने जोखिम छ ।
अफगानिस्तानमा ब्युटी पार्लर रोजगारीका लागि मात्र नभई सामाजिकीकरणको पनि एकमात्र विकल्प थियो । ब्युटी पार्लर बन्द गराउने आदेशको विरोधमा गएको हप्ता महिलाले प्रदर्शन गरेपछि सुरक्षाकर्मीले अश्रुग्यास र हवाई फायर गरेका थिए । तालिबानले सत्ता कब्जा गरेयता अफगानिस्तानमा हजारौँ महिलाले जागिर गुमाएका छन् । उज्यालो
July 25, 2023 5:25 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :