सुन तस्करीकाे निष्पक्ष छानबिनकाे माग गर्दै रास्वपाले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गर्याे
3 years अगाडी
manoj Thapa
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीको निष्पक्ष छानबिनको माग गरेर संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुधवार सभामुख देवराज घिमिरेलाई प्रस्ताव बुझाउनुभएको छ । विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्करी भएको सूचना र समाचार आएको तर सरकारले गहिरो अनुसन्धान नगरेको रास्वपाको आरोप छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरूले गृहमन्त्रीको राजीनामा नमाग्ने बरु निष्पक्ष ढङ्गले अनुसन्धान छिटो सम्पन्न गर्न दबाब दिने बताउनुभएको छ । उज्यालो
July 26, 2023 5:43 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...