लुम्बिनी प्रदेशभर अब आँखाकाे नानी प्रत्याराेपण निःशुल्क
दाङ – लुम्बिनी प्रदेशकाे स्वास्थ्य मन्त्रालयले प्रदेशभर ‘कर्निया’ अर्थात् आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने भएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो कार्यक्रम लागू गर्नेमा सात वटा प्रदेशमध्ये लुम्बिनी पहिलो हो । आँखाको ज्योति गुमाएर अन्धोपन भएकाहरूलाई त्यही अवस्थामा बसिरहन नपरोस् भनेर यो कार्यक्रम ल्याइएको स्वास्थ्यमन्त्री राजु खनालले बताउनुभयो ।
कार्यविधि तयार गरेर यो कार्यक्रम अब लागू गरिने स्वास्थ्यमन्त्री खनालको भनाइ छ । यसका लागि कार्यविधि बनाउने प्रक्रिया शुरु भइसकेको मन्त्रालयले जनाएको छ ।
आँखाको नानी प्रत्यारोपणका लागि बिरामीलाई रकम उपलब्ध गराउने नभई अस्पतालसँग सहकार्य गरेर अस्पतालकै खातामा रकम सोधभर्ना गर्ने गरी कार्यविधि तयार हुनेछ । उज्यालो
July 26, 2023 5:45 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने