भारतबाट पेट्राेलियम पदार्थकाे मूल्य बढेर आयाे, खाना पकाउने ग्यासको भाउ भने घटेर आयो
3 years अगाडी
manoj Thapa
काठमाण्डाै – भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेशन (आईओसी) ले बढेको मूल्यसूची पठाएको नेपाल आयल निगमले जनाएको छ ।
यस पटक पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढेर आएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो । भारतले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र हवाई इन्धनमा आठ रुपैयाँ तथा डिजल र मट्टीतेलमा सात/सात रुपैयाँका दरले भाउ बढेर आएको छ । खाना पकाउने एलपी ग्यासमा भने प्रतिसिलिन्डर एक सय रुपैयाँ घटेर आएको निगमले जनाएको छ ।
सरकारले यसै महिनादेखि पेट्रोलियम पदार्थको भाउमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । स्वचालित मूल्य प्रणालीअनुसार भारतबाट भाउ घटबढ भएर आउनेबित्तिकै नेपालमा पनि घटबढ हुन्छ । अब पेट्रोल, डिजल,मट्टीतेल र हवाई इन्धनको भाउ बढ्ने र खाना पकाउने ग्यासको भाउ घट्ने अनुमान छ । उज्यालो
August 1, 2023 5:05 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
Loading...