

सेप्टेम्बर १ मा जनसम्पर्क समिति कुवेतले ११०औं वीपी जयन्ती तथा १२औं वार्षिकोत्सब मनाउँदै

कुवेत सिटी। नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतले १२ औं वार्षिकोत्सब तथा ११० औं वीपी जयन्ती आउँदो १ सेप्टेम्बर २०२३ का दिन कुवेतको मङ्गाफस्थित मेमोरी हलमा एक कार्यक्रमको आयोजना गरी मनाउने कार्यतालिका रहेको समितिका महामन्त्री केशर घलानाले हिमालीसंचारलाई जानकारी दिए।
कुवेत र नेपालबीच मैत्रीपूर्ण सम्बन्धबाट कुवेतमा रोजगारी एवं अन्य पेशा व्यवसाय गरी बसोबास गरिरहेका सम्पूर्ण नेपालीहरूलाई नेपाली कांग्रेसको मूल नारा “राष्ट्रियता, लोकतन्त्र र समाजवाद”मा आवद्द गराइ नेपाल-कुवेत असल सम्बन्धलाई अझ मजबुत बनाउँदै कुवेतवासी नेपालीहरुमा व्यक्तिगत तथा सामुहिक हितका लागि सन् २०११ मा स्थापना भएको नेपाली जनसम्पर्क समिति कुवेतले आफ्नो १२औं बार्षिकोत्सब र ११०औं वीपी जयन्तीको अवसर पारेर उक्त कार्यक्रम गर्न लागेको समितिले बताएको छ।
उक्त कार्यक्रममा नेपाली राजदुताबास कुवेतका महामहिम राजदूतको प्रमुख आतिथ्यता र कुवेतस्थित क्रियाशिल विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको पनि विशेष उपस्थिति रहने बताइएको छ।
साथै, सोही दिन अन्य संघसंस्थाहरुले कार्यक्रम नजुधाइदिनुहुन पनि विनम्र अनुरोध गरिएको छ भने, कार्यक्रम सम्पन्न गर्नाको लागि अन्तिम तयारी भैईरहेको समितिले बताएको छ।
थप जानकारीका लागि:-
मिति : २०२३ सेप्टेम्बर १ तारिख शुक्रबार,
समय : १२ बजे
स्थान : मेमोरी हल मङ्गाफ,
आयोजक : नेपाली जनसम्पर्क समिति, कुवेत।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

ग्लोबल आईएमई क्यापिटलले ‘समुन्नत योजना २’ इकाइ सार्वजनिक निष्काशनमा ल्याउँदै

स्व. बिमला सार्किको शव नेपाल पठाउन प्रवासी नेपाली मञ्चको सहयोग

माओवादिमा रहदा बम र बारुदसंग खेलेका विप्लव अचेल माटो संग खेल्छन

देउवासँग कोइरालाले मागे ओलीलाई प्रधानमन्त्री बनाउनुको चित्तबुझ्दो जवाफ

साँझबिहान इँटा सुकाउन ओल्टाइपल्टाइ गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्: डाक्टर बन्ने चाहना छ

निर्वाचन समितिद्वारा एनसीसी कुवेतको नवाैं अधिवेशनका लागि आचारसंहिता र निर्वाचन कार्यतालिका सार्वजनिक

कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो ११ जुलाई २०२५ शुक्रवारको दिन छैटौं महाअधिवेशन कार्यक्रम गर्ने भएको छ ।

माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कारबाट पत्रकार शुरेस गुरुङ सम्मानित

