डेङ्गी सङ्क्रमण फैलिएकोप्रति आयाेगद्वारा सरकारको ध्यानाकर्षण
काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले डेङ्गी सङ्क्रमण फेलिएकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
आज बुधवार आयोगले विज्ञप्ति निकालेर देशव्यापीरूपमा फैलिँदै गइरहेको डेङ्गी सङ्क्रमणका कारण नागरिकको स्वास्थ्य र जीवनको अधिकारमा पर्न गएको असरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सङ्क्रमणले महामारीको रूप लिन सक्नेतर्फ सरकारलाई सचेत गराएको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले निकाल्नुभएको विज्ञप्तिमा डेङ्गी फैलाउने लामखुट्टेको लार्भा खोज्ने र नस्ट गर्ने अभियानमा पर्याप्त जनशक्ति परिचालन गर्ने काममा तीन वटै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख छ । आयोगले डेङ्गी नियन्त्रण र रोकथामका लागि सरसफाइ, जनचेतनालगायतका कामहरूलाई प्राथमिकताका साथ अगाडि बढाउन सङ्घीय सरकार, प्रदेश सरकार र पालिका सरकारलाई आग्रह गरेको छ । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो