

विदेश जानैपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक छ : अर्थमन्त्री महत

काठमाण्डाै – अर्थमन्त्री डा. प्रकाशशरण महतले कक्षा १२ को पढाइ सक्नेबित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
आज बिहीवार काठमाण्डाैमा भएको एक कार्यक्रममा अर्थमन्त्री महतले राष्ट्रिय रूपमा सबैको मानसिकता बाहिर जानैपर्छ भन्ने भएको भन्दै विद्यार्थी र युवाहरूको मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालमा नै धेरै अवसरहरू भएको भन्दै ५० देखि १०० प्रतिशत छात्रवृत्तिविनाको अध्ययनका लागि विदेश जान नहुने बताउनुभयो । उहाँले नेपालबाट जाने विद्यार्थीहरू राम्रो विश्वविद्यालयमा नगएको भन्दै उनीहरूले अध्ययन पूरा गर्न नसक्दा राम्रो अवसर समेत पाउन नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले जति पनि विद्यार्थी बाहिर देशमा पढ्न गएका छन्, उनीहरू राम्रो कलेजमा गएका छैनन् । उनीहरू एउटा भिसा सर्कलमा गएका छन्, न कलेज पूरा गर्न सक्छन्, न ठूलो अवसर पाएका छन् । नेपालमा इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूसँग उत्कृष्ट क्याम्पसहरूमा छात्रवृत्ति पास गरेर जान सक्ने क्षमता छ । तर कक्षा १२ देखि नै ४० हजार विद्यार्थी बाहिर गएका छन् । अहिले राष्ट्रिय रूपमा सबैको मानसिकता बाहिर जानैपर्छ भन्ने भएको छ । अब विदेश नजानु भनेको इज्जत नै जाने जस्तो भइसक्यो । यो मानसिकता परिवर्तन गर्न आवश्यक छ ।’
अर्थमन्त्री महतले नेपालमा सूचना प्रविधिकाे क्षेत्रमा ठूलो अवसर रहेको बताउनुभयो । उहाँले पछिल्लो समय ठूलो सङ्ख्यामा युवाहरू सूचना प्रविधिकाे क्षेत्रमा लागे पनि करको दायरामा भने नआएको गुनासाे गर्नुभयाे । उहाँले नेपालबाट बेलायतमा १०० मिलियन पाउन्ड बराबरको सट्वयेरहरू निर्यात हुने गरेको बेलायतले स्वीकार गरेको उल्लेख गर्नुभयो । आर्थिक वर्षको बजेटमा सूचना प्रविधिकाे क्षेत्रमा लगाएको लगानीको ५० प्रतिशत आम्दानी कर कम गर्ने नीति लिएको पनि मन्त्री महतले बताउनुभयो ।
सूचना प्रविधि र पर्यटनको ठूलो सम्भावनाको खानी नेपाल भएकाले पूर्वाधार निर्माण गर्न आवश्यक रहेको अर्थमन्त्रीले बताउनुभयो । पर्यटन प्रवर्धनका लागि ठूलो ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाए पनि कसरी ऋण तिर्ने भन्ने समस्यामा सरकार रहेको उहाँकाे भनाइ छ । उहाँले पोखरा विमानस्थल भन्दा पहिला त्यो लगानीले निजगढमा विमानस्थल बनाएको भए राम्रो हुने अवस्था देखिएको उल्लेख गर्नुभयाे । उज्यालो
August 31, 2023 5:23 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

भारत–पाकिस्तान तनाव बढेपछि नेपालका सीमा क्षेत्रमा उच्च सतर्कता

जीप भासिएको ठाउँमा भूगर्भविद्को टोलीले अध्ययन राेक्याे

ओमानमा भिसाविहीन श्रमिकलाई आममाफी, तीन महिनाभित्र स्वदेश फर्कनुपर्ने

लखन थापामगर गोल्ड कपको पाँचौं संस्करण २५ जुलाई २०२५ मा आयोजना हुँदै

अमेरिकी डिभी लोटरी २०२६ को नतिजा सार्वजनिक

भारतले लगायो पाकिस्तानबाट हुने आयातमा पूर्ण प्रतिबन्ध

दैलेखमा चट्याङ्ग लागेर एक जनाको ज्यान गयो, तीन जना घाइते

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कुवेत २०२५/२७ कार्यकालका लागि पञ्चिकृत सदस्यता सम्बन्धी सूचना

