संयुक्त अभ्यासका लागि अमेरिकी सेना बन्दोबस्तीका सामानसहित नेपाल आउँदै
काठमाण्डाै – नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच नियमितरूपमा सञ्चालन हुँदै आएको संयुक्त तालिमको ४० औँ संस्करण यही भदौको २४ गतेदेखि असोजको १२ गतेसम्म काठमाण्डौमा हुने भएको छ ।
नेपाली सेनाका ३० जना र अमेरिकी सेनाका १२ जना गरी जम्मा ४२ जनाको सहभागिता रहने संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयहरूमा अनुभव तथा ज्ञान आदानप्रदान हुन नेपाली सेनाले जनाएको छ ।
अभ्यासमा सहभागिताका लागि अमेरिकाको सैनिक टुकडी बन्दोबस्तीका सामग्रीसहित भोलि बिहीवार २१ गते अमेरिकी वायु सेनाको विमानद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने र विमान पर्सि शुक्रवार २२ गते फिर्ता हुने कार्यक्रम रहेको छ ।
नेपाली सेना संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मङ्गोलिया,बङ्गलादेश, इजरायल लगायत देशहरूका सैन्य सङ्गठनहरूसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रतिआतङ्कवाद, पर्वतारोहण, संयुक्त राष्ट्र सङ्घीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकाहरू लगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासहरूमा सहभागी हुँदै आएको छ ।
यसैबीच संयुक्त अधिराज्यमा सञ्चालन हुने प्रतिस्पर्धात्मक तालिममा सहभागी हुने नेपाली सेनाको १० सदस्यीय टोली आज प्रमुख सेनानी विवेक विक्रम शाहको कमान्डमा बेलायत प्रस्थान गरेको छ । उज्यालो
September 6, 2023 5:12 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की