चर्चित लोक दोहोरी गायिका “मञ्जु पौडेल” लाई कुबेत अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत
कुबेत सिटी – सेप्टेम्बर ८ तारीखका दिन नेपाल कुवेत साँस्कृतिक मञ्चको २२औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाका २०२३ कार्यक्रमको लागि अथिती कलाकार चर्चित गायिका कर्णप्रीय स्वरकी धनी उद्घोषिका “मञ्जु पौडेल” कुबेतको समय अनुसार बिहान् ७:बजे जजिरा एयरलाइन्स बाट कुवेत आईपुगेको छ।

अन्तर्राष्ट्रिय बिमानस्थलमा वहाँको स्वागतार्थको लागि आयोजक नेपाल कुवेत साँस्कृतिक मन्च परिवार कुवेतमा कृयाशील नेपाली संस्थाका प्रतिनिधिहरु,पत्रकार साथै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो भने, आगमनमा वहाँ लाई पुष्पगुच्चा दिई र खादा दोसल्ला ओढाई बिमानस्थलमा भब्य स्वागत गरेका छन्।

पर्सि ८ तारिख शुक्रवारको दिन कुवेतस्थित इन्डियन स्कुल Aspire indian international Schoolजिलिबको हलमा आयोजना गर्न लागेको २२ औ तीज विशेष सांगीतिक धमाका २०२३ कार्यक्रमको लागि कुबेतमा क्रियाशील नेपाली संघसंस्था, पत्रकार,कलाकार,बुद्धिजिवी,समाजसेवी,तथा सम्पूर्णमा निमन्त्रणा गरिसकेको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितभई दिन आयोजकले हार्दिक अनुरोध गरेको छ।
कार्यक्रम हुने मिति,समय र स्थान
मिति: ० ८ सेप्टेम्बरमा २०२३
समय: दिनको ठिक ०१ बजे
स्थान: Aspire indian international School
आयोजक: नेपाल कुवेत साँस्कृतिक मन्च
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन