महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालको घटनाबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ
काठमाण्डाै – सभामुख देवराज घिमिरेले कांग्रेस सहमहामन्त्री एवम् संविधानसभा सदस्य महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमण र कान्ति बाल अस्पतालकाे घटनाबारे संसद्लाई जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको छ ।
आज बिहीवार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक, शून्य र विशेष समयमा बोल्ने सांसदहरूले यी घटनाबारे गम्भीर ध्यानाकर्षण गराएपछि सभामुखले महेन्द्र यादवमाथिकाे आक्रमण र कान्ति बाल अस्पतालमा उपचारको अभावमा ज्यान गुमाएकी पाँच वर्षीया बालिकाबारे जानकारी गराउन सरकारलाई निर्देशन दिनुभएको हो ।
उहाँले भन्नुभयो, ‘आजको आकस्मिक, शून्य र विशेष समयमा कान्ति बाल अस्पतालमा पाँच वर्षीया बालिकाको ज्यान गएकाे गएको र संविधानसभा सदस्य एवम् नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विषयमा गम्भीर कुराहरू छन् । यी विषयमा सदनलाई जानकारी गराउन सरकारलाई म निर्देश गर्दछु ।’
बैठकमा सांसदहरूले यी दुवै घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका थिए । उज्यालो
September 7, 2023 5:34 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी