रिगल’ लाई आममाफी दिने विषयमा सरकारले हामीसँग छलफल गरेन : माधव नेपाल
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालगञ्जका चेतन मानन्धरको हत्याका दोषी जेल सजायकै क्रममा आममाफी पाएर रिहा भएका ‘रिगल’ भनिने योगराज ढकालका बारेमा आफूहरूलाई कुनै जानकारी नदिई निर्णय गरेको दाबी गर्नुभएको छ ।
आज बिहीवार रौतहटको चन्द्रनिगाहपुरमा भएको कार्यक्रममा अध्यक्ष नेपालले मन्त्रिपरिषद्ले निर्णय गर्नुअघि आफूहरूलाई कसैले केही जानकारी नदिएको बताउनुभयो । ज्यान मार्ने अपराध पुष्टि भएर जन्मकैद भएको व्यक्तिलाई छुटाउनु कानुनी राज्यकै अपमान भएको उहाँको भनाइ छ ।
अध्यक्ष नेपालले यस विषयमा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष कुरा राख्ने पनि बताउनुभयो । कानुन मिचेर काम गर्नेलाई सरकारले दण्डित गर्नुपर्नेमा उन्मुक्ति दिन नहुने उहाँकाे भनाइ छ ।
मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको कसुरमा जेल परेका ‘रिगल’ को १२ वर्ष कैद सरकारले संविधान दिवसका अवसरमा माफी दिएपछि चौतर्फी विरोध भइरहेको छ । मानन्धरकी श्रीमती भारतीले सर्वोच्चमा रिट दिनुभएको छ । उज्यालो
October 5, 2023 4:27 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै