रिगल’ लाई आममाफी दिने विषयमा सरकारले हामीसँग छलफल गरेन : माधव नेपाल
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालगञ्जका चेतन मानन्धरको हत्याका दोषी जेल सजायकै क्रममा आममाफी पाएर रिहा भएका ‘रिगल’ भनिने योगराज ढकालका बारेमा आफूहरूलाई कुनै जानकारी नदिई निर्णय गरेको दाबी गर्नुभएको छ ।
आज बिहीवार रौतहटको चन्द्रनिगाहपुरमा भएको कार्यक्रममा अध्यक्ष नेपालले मन्त्रिपरिषद्ले निर्णय गर्नुअघि आफूहरूलाई कसैले केही जानकारी नदिएको बताउनुभयो । ज्यान मार्ने अपराध पुष्टि भएर जन्मकैद भएको व्यक्तिलाई छुटाउनु कानुनी राज्यकै अपमान भएको उहाँको भनाइ छ ।
अध्यक्ष नेपालले यस विषयमा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष कुरा राख्ने पनि बताउनुभयो । कानुन मिचेर काम गर्नेलाई सरकारले दण्डित गर्नुपर्नेमा उन्मुक्ति दिन नहुने उहाँकाे भनाइ छ ।
मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको कसुरमा जेल परेका ‘रिगल’ को १२ वर्ष कैद सरकारले संविधान दिवसका अवसरमा माफी दिएपछि चौतर्फी विरोध भइरहेको छ । मानन्धरकी श्रीमती भारतीले सर्वोच्चमा रिट दिनुभएको छ । उज्यालो
October 5, 2023 4:27 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार