चीनमा ६ दशमलव २ रेक्टरस्केलको भूकम्प : एक सय जनाभन्दा धेरैको ज्यान गयो
चीनमा भूकम्प जाँदा एक सय जनाभन्दा धेरैको ज्यान गएको छ । नेपाली समयअनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ । अहिले उद्धारको काम भइरहेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार कान्सुमा एक सय जनाको ज्यान गएको छ । त्यसैगरी छिङ्हाइमा ११ जनाको ज्यान गएको विवरण छ । भूकम्पले यातायात, सञ्चार, विद्युत् तथा पानीको आपूर्ति बन्द भएको छ । भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक चिसो छ ।
चीनका राष्ट्रपति सी जिन पिङले मध्यरातमा गएको भूकम्पपछि प्रभावित मानिसको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न खोजी र उद्धारमा जुट्न र आवश्यक व्यवस्थापन मिलाउन निर्देशन दिनुभएको छ । क्षति न्यूनीकरण गर्न समयमै घाइतेहरूको उद्धार र उपचार गर्न र भूकम्पको अवस्था र मौसम परिवर्तनलाई नजिकबाट नियाल्न उहाँले आग्रह गर्नुभएको छ । उज्यालो
December 19, 2023 9:54 am | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी