चीनमा ६ दशमलव २ रेक्टरस्केलको भूकम्प : एक सय जनाभन्दा धेरैको ज्यान गयो
चीनमा भूकम्प जाँदा एक सय जनाभन्दा धेरैको ज्यान गएको छ । नेपाली समयअनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ । अहिले उद्धारको काम भइरहेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार कान्सुमा एक सय जनाको ज्यान गएको छ । त्यसैगरी छिङ्हाइमा ११ जनाको ज्यान गएको विवरण छ । भूकम्पले यातायात, सञ्चार, विद्युत् तथा पानीको आपूर्ति बन्द भएको छ । भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक चिसो छ ।
चीनका राष्ट्रपति सी जिन पिङले मध्यरातमा गएको भूकम्पपछि प्रभावित मानिसको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न खोजी र उद्धारमा जुट्न र आवश्यक व्यवस्थापन मिलाउन निर्देशन दिनुभएको छ । क्षति न्यूनीकरण गर्न समयमै घाइतेहरूको उद्धार र उपचार गर्न र भूकम्पको अवस्था र मौसम परिवर्तनलाई नजिकबाट नियाल्न उहाँले आग्रह गर्नुभएको छ । उज्यालो
December 19, 2023 9:54 am | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत