इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ
2 years अगाडी
manoj Thapa
काठमाण्डाै – जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भई फरार रहेका काभ्रेपलाञ्चाेककाे चौरीदेउराली गाँउपालिका–८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका छन् ।
एनसीबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ आज मङ्गलवार नेपाल फिर्ता ल्याइएको छ ।
लामाविरुद्ध प्रहरी वृत्त जगाती भक्तपुरमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानका क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको खुल्न आएको थियो ।
अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्नका लागि नेशनल सेन्ट्रल ब्युराे (एनसीबी) काठमाण्डाैकाे अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० असोज ११ गते उनीविरुद्ध ‘रेड नोटिस’ जारी भएको थियो । उज्यालो
December 20, 2023 1:02 am | अपराध
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
Loading...