

एक वर्ष पुगेपछि ‘बोल्ड डिसिजन’ लिन्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यकालको एक वर्ष पुगे लगत्तै ‘बोल्ड डिसिजन’ लिने बताउनुभएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माण सम्पन्न चार सय केभी. इनरुवा जीआईस सबस्टेसन उद्घाटनको क्रममा आज उहाँले यस्ताे बताउनु भएकाे हाे ।
उहाँले प्रधानमन्त्री बनेको एक वर्ष पूरा भइसकेपछि नयाँ ढङ्गबाट क्रमभङ्ग गर्ने कोसिस गरिरहेको बताउनु भयो । अबको निर्णय नागरिकको साथमा हुने उहाँले बताउनु भयो । उहाँले नागरिककाे निरासा चाँडै नै आशामा परिणत हुने दाबी समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मेरो अब एक वर्ष पूरा हुँदैछ, प्रधानमन्त्री भएर तेस्रो कार्यकाल शुरु गरेको । एक वर्ष पूरा भएपछि मैले नयाँ ढङ्गले काम गर्दैछु ।’
नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा बनेको चार सय केभी. इनरुवा जीआईस सबस्टेसन नेपालकै दोस्रो ठूलो सबस्टेसन हो । प्रधानमन्त्री प्रचण्डले ४००/२२०/१३२/३३ केभी क्षमताको सबस्टेशनकाे उद्घाटन गर्नुभएको हो । उज्यालो
December 22, 2023 3:28 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

निरेम म्युजिक फेस्ट २०२५ स्थगित भयको छ।

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

