भविष्यमा काेराेना जस्ता महामारी आइपर्न सक्छन्, तयारी अवस्थामा रहाैँ : डब्ल्यूएचओ
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भविष्यमा आइपर्न सक्ने काेराेनाजस्ता महामारीसँग लड्न तयारी अवस्थामा रहनुपर्ने जनाएकाे छ ।
डब्ल्यूएचओले विश्वले तीन वर्षमा कोभिडका कारण निम्तिएकाे सङ्कट, पीडा र नोक्सानी भाेगेकाे जनाउँदै अब भविष्यमा आइपर्न सक्ने यस्ता महामारीसँग लड्न तयारी गर्नुपर्ने जनाएकाे हाे ।
डब्ल्यूएचओले सन् २०२३ मा प्रमुख स्वास्थ्य चुनौतीहरू निम्तिएका जनाएकाे छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले सन् २०२३ ले स्वास्थ्य क्षेत्रमा आएका सङ्कटसँग लड्न बलियो आधार तय गरेको बताउनु भएकाे छ ।
गेब्रेयससले गएको मे महिनामा अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपत्कालका रूपमा कोभिड–१९को अन्त्य भएकाे घोषणा गर्नुभएको थियो ।
उहाँले अझै पनि हैजालगायत ४० वटाभन्दा धेरै प्रकोपहरूसँग लड्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले अन्य प्रकारका महामारी रोक्नका लागि विश्वको तयारी अपुग रहेकाे बताउनु भएकाे एएफपीमा उल्लेख छ। उज्यालो
December 27, 2023 12:08 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: