१९ वर्षमुनिकाे विश्वकप क्रिकेट खेल्न जाने नेपाली टाेलीकाे बिदाइ
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी १९ वर्षमुनिकाे विश्वकप क्रिकेट खेल्न जाने युवा टाेलीलाई बिदाइ गरेकाे छ ।
आज शुक्रवार काठमाण्डाैमा आयाेजित एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतले टाेलीलाई बिदाइ गरे । टाेलीका कप्तान देव खनालले तयारी राम्राे रहेकाे र राम्राे प्रदर्शन गर्ने बताए ।
क्यानले दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिको विश्वकपका हिजाे बिहीवार देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको थियाे । क्यानले एसीसी एसिया कप खेलेको १४ सदस्यीय टोलीमा एक परिवर्तन र एक खेलाडी थप गर्दै टोलीको घोषणा गरेको हो । एसिया कप खेलेका तीव्र गतिका बलर हेमन्त धामी चोटका कारण टोलीमा परेका छैनन् । उनको ठाउँमा बलर दुर्गेश गुप्ता अटाएका छन् । त्यस्तै अलराउन्डर दीपक बोहोरालाई टोलीमा थपिएको छ ।
जनवरी १९ अर्थात् आउँदो माघ ५ गतेदेखि शुरु हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले पहिलो खेल जनवरी २१ तारिखमा न्युजिल्यान्डसँग, दोस्रो खेल जनवरी २४ मा पाकिस्तानसँग र समूहको अन्तिम खेल जनवरी २६ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।
नेपाली टोली
कप्तान–देव खनाल, अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम रङ्गु थापा मगर, दीपक बोहोरा, विपीन रावल, तिलकराज भण्डारी र आकाश चन्द । उज्यालो
तस्बिर : क्यान
January 5, 2024 4:01 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना