

अमेरिकामा १ सय ७७ जना यात्रुसहित उडिरहेको विमानको झ्याल खस्यो, ६५ वटा विमान ‘ग्राउन्डेड’

काठमाण्डौ – अमेरिकाको ओरेगन राज्यमा उडिरहेको एक विमानको झ्याल खसेपछि आकस्मिक अवतरण गरेको छ । पोर्टल्याण्डबाट ओरेगन हुँदै ओन्टारियोका लागि उडेको अलास्का एयरलाइन्सको बोइङ ७३७ म्याक्स ९ विमानको उड्दा उड्दै झ्याल खसेको हो । उडेको ३५ मिनेटमै विमानलाई पोर्टल्याण्डमा आकस्मिक अवतरण गराइएको र यात्रु तथा चालक दलका १ सय ७७ जना सकुशल रहेका बीबीसीले जनाएको छ ।
झ्याल नै खसेपछि विमानभित्र खैलाबैला मच्चिएको थियो, भने हावाको चापका कारण विमानलाई नियन्त्रणमा राख्न चालक दलका सदस्यलाई हम्मे हम्मे परेको थियो । यो घटनापछि अलास्का एअरलाइन्सले बोइङ ७३७ म्याक्स ९ सिरिजका सबै ६५ वटा विमानलाई निरीक्षण गर्न अस्थायी रूपमा ग्राउन्डेड गरिएको जनाएको छ ।
सबै जहाजको परीक्षणपछि मात्रै उडान हुनेछ । विमान निर्माता कम्पनी बोइङले घटनाको बारेमा जानकारी भएको र थप जानकारी सङ्कलन गर्न काम गरिरहेको बताएको छ । अलास्का एयरलाइन्सका सीईओ बेन मिनिकुचीले १६ हजार फिट उचाइमा रहेको जहाजबाट झ्याल खसे पनि सुरक्षित अवतरण गराएको भन्दै चालक दलका ६ जना सदस्यको प्रशंसा गर्नुभएको छ । उज्यालो
January 6, 2024 3:59 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

समयमै चुनाव गराउन निर्वाचन आयोग तयार

निरेम म्युजिक फेस्ट २०२५ स्थगित भयको छ।

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

