राष्ट्रिय भलिबलकाे फाइनलमा एपीएफ र पुलिस खेल्ने
2 years अगाडी
manoj Thapa
काठमाण्डाै – साविक विजेता सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब र नेपाल पुलिस क्लब सुर्खेतमा चलिरहेको ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।
आज भएकाे पहिलाे सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० काे साेझाे सेटमा हराउँदै एपीएफ फाइनलमा पुगेकाे हाे । एपीएफले पहिलाे सेट २५–२३, दाेस्राे सेट २५–२० र तेस्राे सेट २५–१५ ले हरायाे ।
यस्तै आजै भएकाे दाेस्राे सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब फाइनलमा पुगेकाे छ । पुलिसले पहिलाे सेट २५–२१, दाेस्राे सेट २५–२३ र तेस्राे सेट २५–१९ ले हरायाे ।
नेपाल भलिबल सङ्घको आयोजना र कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल भाेलि बिहीवार दिउँसाे १ बजे शुरु हुनेछ उज्यालो
January 10, 2024 5:04 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
Loading...