मोना कुवेतद्वारा महेन्द्र रत्न माध्यमिक विद्यालयलाई कुर्ची हस्तान्तरण
म्याग्देलीहरुको साझा सस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले महेन्द्र रत्न माध्यमिक विद्यालयलाई कुर्ची हस्तान्तरण गरेको छ ।
मोना कुवेतले आफ्नो ‘मोना कोसेली बचत’ अन्तर्गत म्याग्दी जिल्ला मंगला ३ बरंजास्थित महेन्द्र रत्न माध्यमिक विद्यालयलाई ४० थान कुर्ची हस्तान्तरण गरेको हो । विद्यालयको कम्प्यूटर कक्षा र सभाहलमा बस्नको लागि सहज होस् भन्ने उद्देश्यका साथ उक्त कुर्ची प्रदान गरिएको हो ।
मोना कुवेतका सस्थापक महासचिव तथा वर्तमान प्रमुख सल्लाहकार चन्द्र गोतामेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विलभ थापा, प्रधानाध्यापक कृष्णलाल सापकोटा र विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण आचार्यलाई उक्त कुर्ची हस्तान्तरण गरेका हुन् ।

मोना कोसेली बचत कोष मार्फत १५ हजार रुपैयाँ , अध्यक्ष दिपक छन्त्याल बाट ५ हजार रुपैयाँ र सस्थापक महासचिव तथा वर्तमान प्रमुख सल्लाहकार चन्द्र गोतामे बाट ११ हजार रुपैयाँ सहित ३१ हजार रुपैयाँ बराबरको ४० थान कुर्ची हस्तान्तरण गरेको हो । मोना कुवेतमा आबद्ध भई घरबिदामा आउने प्रत्यक सदस्यले आफ्नो ठाउँमा रहेका दु:खी गरिब तथा विद्यालयलाई ‘मोना कोसेली बचत कोष’ मार्फत १५ हजार बराबरको सहयोग गर्न सकिने छ ।
वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत रहेका म्याग्देलीहरु द्वारा सन् २०१८ मा ‘प्रवासी म्याग्देलीहरुको भावना समृद्ध म्याग्दी हाम्रो चाहना’ भन्ने मुल नाराका साथ स्थापना भएको मोना कुवेतले उल्लेखनीय मानवीय सेवाका कार्यहरु गर्दै आएको छ । कुवेतमा कार्यरत रही अलपत्र परेका म्याग्देली तथा गैर म्याग्देलीलाई उद्दार कार्यमा सहयोग गर्नुको साथै जिल्लामा भौतिक पूर्वाधार निर्माण गर्नमा समेत आर्थिक सहयोग गर्दै आएको छ ।
March 6, 2024 1:00 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो