विश्वकर्मा एकता समाज कुवेतले मुटुरोगी बालकलाई ४४ हजार बढी आर्थिक सहयोग
विश्वकर्मा एकता समाज नेपाल कुवेतले मुटुरोगी नाबालकलाई ४४ हजार बढी आर्थिक सहयोग गरेको छ ।
बाग्लुङ नगरपालिका-११ रायडाडा (सिकादिप) का सुजन विश्वकर्माको एक वर्षीय छोरा सहिम विश्वकर्माको उपचारका लागि ४४ हजार २ सय रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष गम सुनारले जानकारी दिएका छन ।
नाबालक सहिमको मुटु सम्बन्धी समस्या भएको हुदा घरको आर्थिक अवस्था पनि निकै नाजुक रहेकाले विश्वकर्मा एकता समाज कुवेतको पहलमा आर्थिक सहयोग संकलन गरिएको हो । नाबालक सहिमको उपचारका लागि कुवेतमा रहेका विभिन्न सस्था तथा व्यक्ति बाट आर्थिक संकलन गरि हस्तान्तरण गरिएको हो ।
विश्वकर्मा एकता समाज कुवेत बाट ५२ कुवेती दिनार ( रु. २२,३६८), नेपाल कुवेत सास्कृतिक मन्च बाट ३१ कुवेती दिनार ( रु. १३,३३५) , रमेश नेपाली बाट ११ कुवेती दिनार ( रु. ४,७३१) , दुर्लब शर्मा बाट ५ कुवेती दिनार ( रु. २१५० ) र दिल श्रीपाली बाट ५ कुवेती दिनार ( रु. २१५० ) सहयोग प्राप्त भएको हो ।
March 6, 2024 1:05 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना