कुवेतमा नेपाली चलचित्र ‘अगस्त्य’ मार्च १४ बाट प्रदर्शन हुने भएको छ
कुवेत / मार्च ७ तारिखवाट चलचित्रलाई प्रदर्शन गर्ने गरि तयारी गरिएको भएपनि प्राबिधीक कारणवस प्रदर्शन मिति सर्न गएको निरेम प्रोडक्सनका प्रेम कुमार जिमिले जानकारी दिएका छन ।
विदेशमा २ सय भन्दा बढी शो हुन लागेको चलचित्र अगस्त्यको मध्येपूर्वको प्रदर्शन अधिकार सेभेन सिस कम्पनी अन्तरग रहेको छ । कुवेतका लागी सेभेन सिसको सहकार्यमा निरेम प्रोडक्सनले नेपाली चलचित्रहरु प्रदर्शन गर्दै आइरहेको छ । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्म सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराललगायतको मुख्य भूमिका रहेको छ ।
फिल्म निर्माण कम्पनी डार्क हर्स इन्टरटेनमेन्टका अनुसार अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरुमा ७ सय ५० शोमा फिल्म रिलिज हुने जनाइएको छ । प्रकाश मल्ल, अनिष तामाङ र विश्वप्रकाश गौचन निर्माता रहेको फिल्मको छायांकार सञ्जय लामा हुन् ।
दुई च्याप्टरमा बन्ने ‘अगस्त्य’ को दुवै श्रृंखलाको कथा निर्देशक चौधरीले लेखेका हुन् । चलचित्रका मुख्य नायकद्धय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएपछि फिल्मको चर्चा चुलिएको थियो । चलचित्रले नेपाली बक्स अफिसमा राम्रै चर्चा कमाइरहेको छ ।
March 6, 2024 1:12 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण