कुवेतमा एक नेपाली युवतिले गरिन आत्महत्या
2 years अगाडी
manoj Thapa
कुवेतमा / एक नेपाली युवतिले आत्महत्या गरेकी छिन । घरेलु कामको लागि अवैधानिक बाटो हुदै कुवेत आएकी बागचौर नगरपालिका ९, सल्यानकी जानकी कवरले आत्महत्या गरेकी हुन ।
वैदेशिक रोजगारीको लागि PA०५४९४९९ राहदानी वाहक कवर २०८०/०६/०५ गते कुवेत आएकी हुन भने उनले २०८१/०२/०४ गते आत्महत्या गरेकी हुन । बागचौर नगरपालिका वडा न ९ ले कुवेतस्थित नेपाली दूतावासलाई मृतकको शव स्वदेश पठाउन सहजिकरण गरिदिनको लागि पत्राचार समेत गरेको छ ।
मृतकको शव स्वदेश पठाउनको लागि नेपाली दूतावास कुवेत, घर परिवार , एजेन्ट र रोजगारदाता संग समन्वय भईरहेको घनश्याम थापाले जानकारी दिएका छन । कुवेतस्थित नेपाली दूतावासका प्रथम सचिव प्रमराज गौतमका अनुसार ‘घटनाबारे प्रारम्भिक जानकारी दूतावासमा प्राप्त भएको छ । अन्य आवश्यक कानुनी प्रक्रिया पुरा गरि शव छिट्टै स्वदेश पठाउने तयारी छ’।
May 28, 2024 2:57 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...