

नेपाली काङ्ग्रेस नेता धनराज गुरुङ र प्रकाश रसाईली स्नेही कुवेत आउदै

कुवेत – नेपाली काङ्ग्रेसका उपसभापति तथा पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य धनराज गुरुङ र केन्द्रीय सदस्य तथा पूर्व सांसद प्रकाश रसाईली स्नेही कुवेत आउने भएका छन ।
नेपाली काङ्ग्रेको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको २१ जुन २०२४ मा कुवेतस्थित शेफ नौशाद रेष्टुरेण्टको सभाहल फर्वानियामा सम्पन्न हुने चौथो अधिवेशनका लागि उपसभापति गुरुङ र केन्द्रीय सदस्य रसाईली कुवेत आउन लागेको समितिका सल्लाहकार मन्जित राईले जानकारी दिएका छन । समितिले अधिवेशन समारोह सफल बनाउन तीन सदस्यीय संयोजक समिति गठन गरेको छ । समितिको संयोजकमा प्रदिप कार्की , सह-संयोजकमा मदन पनेरु र सदस्यमा जिवन निरौला रहेका छन ।
कुवेतको नेपाली समाजमा जनसम्पर्क समिति कुवेतको स्थापना सन् २०११ मा भएको हो । जनसम्पर्क समिति कुवेतले नेपालको विभिन्न ठाउँबाट रोजगारीको सिलसिलामा कुवेतमा आई कार्यरत नेपाली कांग्रेससंग आस्थावान् सबैलाई संगठित गर्दै, यहाँ कृयाशिल सबै संघ-संस्थासंग सहकार्य र समन्वय गर्दै नेपाली श्रमिकहरुका समस्या समाधानका लागि संगठनात्मक ढँगबाट पहल गर्ने लगायतका कार्यहरु गर्दै आएको छ ।
कुवेतमा कार्यरत रही समाजवादी-लोकतान्त्रीक राजनीतिक प्रति आस्थावान् साथै नेपाली संघ-संस्था, बुद्धिजिवी, भद्रभलाद्मी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई गरिमामय उपस्थितिको लागि जनसम्पर्क समिति कुवेतका सभापति राजेन्द्र रसाईली बिरहीले अनुरोध गरेका छन ।
June 12, 2024 4:36 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

निरेम म्युजिक फेस्ट २०२५ स्थगित भयको छ।

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

